सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा भन्सार छलि औषधी नियन्त्रणमा

२०८२ बैशाख १२

 बुलेट साह राष्ट्रमार्ग सम्वदाता

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलेर ल्याएको औषधी वीरगन्ज भन्सार कार्यालय बुझाएका छन्  ।

सशस्त्र प्रहरीले १५ लाख ६० हजुर मूल्य बराबरको अटो, मोटरसाइकल सहित औषधी वीरगन्ज भन्सार दाखिला गरेको हो ।

बैशाख १२ गते शुक्रवार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट स.प्र.ना.उ. लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले जिल्ला पर्सा, वीरगञ्ज म.न.पा., वडा नं.२४ रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडीको सडकबाट भारतबाट अवैध रुपमा भन्सार छली चोरीपैठारी गरि १० वटा कार्टूनहरुमा प्याक गरिएका Lycopene with Multivitamin & Multiminerals Capsule NUTRI-CURE Capsule – ४८० डब्बा (४,८०० पत्ता) ना २ स १०१७ नम्बरको अटोमा लोड गरि ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिई उक्त Capsule सहितको अटो र अटो चालक जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. २५ सिर्सिया गाउँका ३६ वर्षीय अमृत साह कानु र उक्त कार्यमा संमलग्न HERO कम्पनीका SLIVER COLOUR को BR05AR2690 GLAMOUR तथा BLACK COLOUR को BR05AM6462 HERO SPLENDOR मोटरसाइकलहरु थान- २ समेत नियन्त्रणमा लिइएको हो ।

अटो र मोटरसाइकलको मूल्य रु. ६ लाख। र NUTRI-CURE Capsule को मूल्य रु. ९ लाख ६० हजार गरि जम्मा मूल्य रु. १५ लाख ६० हजार बराबरको औषधि सहित ब्यक्ति समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ हे.क्वा. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले राष्ट्र मार्ग खबर डट् कम् लाई जानकारी दिनुभयो।

 

 

 

प्रतिक्रिया दिनुहोस्: