समाज
काठमाडौं । सिंहदरबारमा प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहित सातै जना नेता रिहा भएका छन् ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।
छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्: