राप्रपा प्रदर्शनमा अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ

२०८२ बैशाख ७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।

सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको छ । अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: