दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता म्याद थपका लागि अदालत लगियो

२०८१ चैत्र २८

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई अदालत लगिएको हो ।

प्रहरले अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने ‘अनुसन्धान गर्दै जाँदा उहाँविरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्छ ।

चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: