शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको आन्दोलन ८ औं दिनमा

२०८१ चैत्र २६

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन दोस्रो सातामा प्रवेश गरेको छ ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

२० माघ देखि शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग सहित नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा जारी शिक्षक आन्दोलनको एक साप्ताह पूरा भएको हो।

उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: