समाज
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालले प्रतिवन्धित लागुऔषध सहित एक जना लाई पक्राऊ परेको छ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म पर्सा वीरगन्ज -१६ मा भारतको रक्सौलबाट टाँगा चढेर वीरगन्ज तर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा प्रतिवन्धित लागुऔषध (Codeine phosphate & Triprolidine Hydrochloride syrup) Onerex Cough Syrup (100ml) को ५० वटा बोतल फेला पारेको हो ।
बारा जिल्लाको महागढीमाई नगरपालिका-१४ घर बताउने अन्दाजी वर्ष १३ को चन्दन सहनीले सो लागुऔषध सेतो रंगको बोराको झोलामा राखी माथि आलु राखेर ल्याउदै गरेको अवस्थामा पक्राऊ परेको हो।
निज सहनी सहित लागुऔषध नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका सुचना अधिकारी देवेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्: