कुलमान घिसिङको रिटमाथि सुनुवाइ शुरु

२०८१ चैत्र १४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ शुरु भएको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको सुनुवाइ सुरु भएको हो । घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् । घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: