वीरगन्ज । वीरगन्जको मुख्य सडक (त्रिभुवन राजपथ) विस्तारका लागि सडकको दायाँ बायाँ २५/२५ मिटर क्षेत्रको सिमाङ्कन गर्न नापी कार्यालय वीरगन्जलाई सडक डिभिजन कार्यालय हेटौंडाले पत्रचार गरेको छ ।
सर्वाेच्च अदालतको फैसला कार्यान्वायनका लागि ५ चैत्रमा वीरगन्ज महानगरपालिकाको कार्यालयमा भएको निर्णय अनुसार सडकको दायाँ बायाँ २५/२५ मिटर क्षेत्रको सीमाङ्कनकालागि सडक डिभिजन कार्यालय हेटौडाले नापी कार्यालय वीरगन्जलाई चैत ८ गते पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय हेटौडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सर्वाेच्च अदालतले फागुन २८ गते वीरगन्जको मुख्य सडक विस्तारको पक्षमा फैसला गरेपछि वीरगन्ज महानगरपालिकाले चैत ५ गते सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँगको बैठकमा सडक क्षेत्राधिकार दायाँ/बायाँ २५/२५ मिटर भित्र पर्ने आफ्ना संरचना तत्काल हटाउने सरकारी कार्यालयका प्रमुखहरूले आफ्ना प्रतिबद्धता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: