१०३ केजी गाँजासहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

२०८१ चैत्र ६

बारा । सशस्त्र प्रहरीले बारामा १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको पचरौता नगरपालिका–३ रामनगरबाट गएराती सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल हे.क्वा.१२ नं. गण बाराले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्: