सिमरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभाबाट बनेको संविधानलाई छेडखानी गरेर देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र भईरहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियानका लागि बारा आउनु भएका प्रचण्डले सिमरामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौतासँग अभिन्न रुपले गाँसिएको बताउदै उनले ‘अहिले संविधानलाई छेडखानी गर्ने भनेको शान्ति सम्झौतालाई पनि छेडखानी गर्ने र देशलाई फेरी गृहयुद्धतीर धकेल्ने षड्यन्त्र शिवाय अरु केही हुन सक्दैन भन्ने बुझ्न जरुरी भएको बताए ।
संविधानसभाबाट घोषणा गरिएको संविधानबाट विकास गर्न मात्रै सकिन्छ पछाडि फर्काउन सकिदैन । शान्ति सम्झौताको अर्को हस्ताक्षरकर्ता नभएको स्थितिमा मेरो विशेष जिम्मेवारी बन्न पुगेको छ । शान्ति सम्झौतालाई पूर्णतामा पुर्याउन अनि देशलाई राजनीतिक स्थिरता र विकासलाई गति दिने हो ।
उनले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र योग्यता र विज्ञताको आधारमा मन्त्री मनाउने पनि धारणा राखेका थिए।



प्रतिक्रिया दिनुहोस्: