नेकपा माओवादी केन्द्रको जागरण अभियान चैत ७ गते बाराबाट शुरु हुने

२०८१ चैत्र ३

बारा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान बाराबाट  ७ चैतबाट शुरु हुने भएको छ ।

पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका यादवको विशेष उपस्थितिमा आज वीरगन्जमा बसेको बैठकले अभियानलाई सफल पार्न सबै तहका पार्टी नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य, पूर्व प्रदेश कमिटि सदस्य, जिल्ला, पालिका कमिटि र जनवर्गीय संगठनका नेता हरूको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

चैत्र ७ गते बाराबाट शुरु हुने ८ गते वीरगन्जमा जनतासँग माओवादीको जागरण अभियान सफल बनाउनका लागि पार्टीका सबै तहका कमिटि र जनवर्गीय संगठनहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्न निर्देशन गरिएको छ ।

चैत १५ गते काठमाडौंमा गणतन्त्रवादीहरुको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने विषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: