काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी प्रमुख (प्रहरी महानिरीक्षक)मा दिपक थापा नियुक्त भएका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको प्रमुख रहेका थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा १ नम्बरमा थिए ।
सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए ।
मन्त्रिपरिषद्ले मेरिट अनुसार थापालाई नियुक्त गरेको छ । यसअघि कुँवर पनि मेरिटको आधारमा बढुवा भएका थिए । प्रहरीको ऐनमा परिवर्तन नभए नवनियुक्त आईजीपी थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्: