राजविराज । सप्तरिको तिलाठि कोईलाडि वडा नम्बर -६ बभनगमा टोल स्थित राधाकृष्णको मन्दिर प्रांङनमा होलि मिलन समारोह एवं शुभकामना आदान- प्रदान कार्यक्रम मनाइएको छ । कार्यक्रममा तराई मधेस महिला फाउन्डेशन नेपालका अध्यक्ष सुनिता साह क्रान्तिले होली पर्व असत्य माथि सत्यको विजयको प्रतीक हो। होलीको यो पवित्र पर्वले हामीलाई नराम्रो कुराहरूलाई पछाडि छोडेर फेरि नयाँ जीवन सुरु गर्न सिकाउँने बताएकी छिन ।
साहले होली पर्वको सामाजिक महत्व बढेको छ। यो पर्व भारतमा प्राचीन कालदेखि नै मनाइँदै आएको छ र यो रंगहरूले भरिएको पर्व हो। यस पर्वमा, सामूहिक रूपमा होलिका जलाउनुका साथै मानिसहरूले आफू भित्रका दुष्ट कुराहरूलाई पनि जलाउँछन्। यस पर्वमा मानिसहरूले एकअर्कालाई रंग र गुलाल लगाउँछन्। आपसी शत्रुता बिर्सेर एकअर्कालाई अँगालो हाल्छन्। होली प्रेमको पर्व हो। हिन्दु धर्मका मानिसहरूले होली पर्व हर्षोल्लासका साथ मनाउँने गरेको बताइन् ।
कार्यक्रममा अध्यक्षले होली मानिसको जीवनलाई रंगीन बनाउन र आपसी सम्बन्धलाई बलियो बनाउनको लागि एक महत्त्वपूर्ण पर्वकाे रुपमा मानिएको बताइन । उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु उपस्थिति भई होलि पर्वको महत्त्व सम्बन्धमा आ- आफना मनत्व्य व्यक्त गर्नुका साथै धर्म परिवर्तनको सिलसिलामा एक महिला कृश्चियन धर्म अपनाई रहेकिले सो धर्म परित्याग गरि पुनः आफनै हिन्दु धर्म अपनाई यस जागरणले गर्दा खुशि भई बताएकि छिन । साेहि कार्यक्रममा तिलाठि कोईलाडि वडा नम्बर -६ का निवर्तमान वडा अध्यक्ष जिवछ यादव , राजविराज नगरपालिका वडा नम्बर १४ का वडा सचिव चेतनारायण यादव,सामाजिक अभिन्यता प्रमोद शर्मा, अधिकारकर्मि मन्जु साह लगायतका वक्ताहरुकाे उपस्थिति रहेको थियाे ।
तराई मधेस महिला फाउन्डेशन नेपालका अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न जसमा युवाहरुलाई टि- शर्ट सहित वितरण गरि एक- अर्का साथ कबिर लगाउदै होलि समारोह कार्यक्रम मनाएका छन ।



प्रतिक्रिया दिनुहोस्: