सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको ३० औं वार्षिक साधारन सभा सम्पन्न

२०८१ फाल्गुन २४

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १४ मा रहेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको ३० औ वार्षिक साधारणसभा शनिबार आफ्नै सभा हलमा सम्पन्न भएको छ। सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्ष तथा मधेस प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सो ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

मन्त्री क्षेत्रीले अहिले कृषिका लागि मधेस प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको बताए । पर्सा जिल्ला लगायत मधेस प्रदेश अन्नाको भन्डारान बनाउने योजना आफुले लिएको हुनाले एग्रीकलचर मार्फत उधोग स्थापना गरेर अनुदान उपलब्ध गराउने रणनीति लिएको मन्त्री क्षेत्रीको भनाइ रहेको छ।

उनले अहिले सबैभन्दा ठूलो भाइरस भनेको दाइजो प्रथा रहेकोले यसलाई कसरी अन्त गर्ने भन्ने बारेमा सबै चिन्तित हुनुपर्ने किन भने जति धेरै पढाइ त्यति धेरै दाइजो लिने प्रविति मौलाएकोले धेरै महिला मानसिक तनाव रहनुको साथै आत्महत्या गर्ने जस्तो विकृति बढीरहेकोमा यस्ता सामाजिक संस्थाले जनचेतनामूलक मार्फत समाजमा संन्देश फैसला मन्त्री क्षेत्रीले आग्रह गरेका छन् ।

सामाजिक संस्थाले विभिन्न क्षेत्रमा योगदान पुराएका १५ जनालाई दोसल्ला तथा मायाको चिनोले सम्मानित गरिएको उपाध्यक्ष रामाकान्त पटेलले जानकारी दिनुभएको छ।वार्षिक साधारणसभामा नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ , रेडक्रस सोसाइटी पर्सा जिल्लाका सभापति बृज किशोर पटेल ,शिक्षा इकाई प्रमुख हरि राउत ,संस्थापक राजेश पण्डित ,भुमि आयोगका अध्यक्ष तपरेज अहमद ,रामप्रवेश साह,हरेन्द्र प्रसाद,गैरसरकारी संस्थाका अध्यक्ष छठु साह ,सदस्य दुलारचन्द साह लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।वार्षिक आय ब्याय कोषाध्यक्ष विनोद यादवले गर्नुभएको थियो भने स्वागत मनतब्य उपाध्यक्ष चन्देश्वर चौहानले गर्नुभएको हो कार्यक्रमको सहजिकरण सदस्य हरिप्रसाद यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: