बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार बुटवलमा प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले दुई ठुला दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको आरोप लगाए ।
उनले अहिले सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागिरहेको बताए । उनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले आफूहरूले चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने समेत बताए ।
राप्रपा प्रवक्ता शाहीले राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए । उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरू तयार रहेको बताउँदै संवैधानिक रूपमा राजा अपरिहार्य रहेको जिकिर गरे ।
आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्वमन्त्री निरञ्जन थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: