समाज
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको छ।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।



प्रतिक्रिया दिनुहोस्: