मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

२०८१ माघ २८

काठमाडौँ । मिडिया काउन्सिल विधेयक २०८१, राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक २०८१, पारित गरेको हो ।

सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानलाई राष्ट्रिय सभाले सदर गरेको छ । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्व सम्बन्धी मूल विषयलाई यथावत राखेर काउन्सिलका काम कार्यवाही माथि सरकारको छाया कामयै हुने गरी विधेयक राष्ट्रिय सभाले पारित गरेको हो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले जस्ताको तस्तै विधेयक पारित गर्न नहुने भन्दै आपत्ति जनाएकी थिइन् । उनले काउन्सिलको अध्यक्ष ‘सरकारले नियुक्त्त गर्ने’ भन्ने प्रावधान हटाएर नियुक्ति सरकारको छाया मुक्त गर्नुपर्ने धारणा राखे पनि बहुमतले पारित गरेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक २०८१, राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतवार बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्: