समाज
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने कार्यक्रम रहेको छ । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ ।
गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह पनि गोरखनाथ मन्दिरमा खिचडी चढाउन जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।
पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले बताए ।
गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत भेटवार्ता गर्नेछन् ।पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: