स्रोत नखुलेको रकमसहित बाराबाट दुई जना पक्राउ

२०८१ माघ १५

कलैया । बारा प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले स्रोत नखुलेको दश लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीको टोलीले जीतपुर सिमराबाट पर्साको सखुवा प्रसौनी गाउँपालिका बस्ने अनिल पटवारी र वीरगन्ज १५ बस्ने ओमप्रकाश यादवलाइ पक्राउ गरेको हो ।

प्रहरीले कलैयाबाट विराटनगरतर्फ जाँदै गरेको प्र ०२–००१ च ८०७३ नम्बरको पिकअपलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा पिकअप चालक अनिल र ओमप्रकाशबाट हुण्डीको रकम बरामद भएको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले बताए ।

प्रवक्ता सापकोटाको अनुसार चालकले सिटमुनि लुकाइछिपाई राखेको अवस्थाबाट स्रोत नखुलेको १० लाख रुपैँया फेला परेको हो ।

पक्राउ परेकाहरुलाई बारा प्रहरीको हिरासतमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: