काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेत समेत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्: