(रामजी यादव) बीरगंज, ०९ माघ ।
यसपालीको बढदो अत्याधिक चिसो हावा हुसु, कुहिरो र सितलहरका कारण पर्साका जनजिवन प्रभाबित भएको छ।गत बर्ष पर्साका बिभिन्न पालिकालले जाडोयाममा दाउरा बितरण गरेपनि यसपाली धेरैजसो पालिकाले अहिले सम्म दाउरा बितरण गर्न सकेका छैन्न।
पर्साको स्थानीय तह अन्तर्गतको १४ पालिका मध्ये बीरगंज महानगरपालिकाले मात्र दाउरा बितरण गरेको समाचार श्रोतको दाबी छ तर पर्साका बाँकी १३ वटा पालिकाहरु बढदो चिसो हावा हुसु , कुहिरो सितलहरमा पनि अहिले सम्म दाउरा र ज्येष्ठ नागरिकको लागि कम्बल बितरण गर्न सकेका छैन्न।
पश्चिमको बायुको प्रकोपले गर्दा एक्कासी बढदो चिसोले जनजिवन कष्टकर भएको छ। अत्याधिक बढदो चिसोले गर्दा बालबालिका, बृद्ध बृद्धा, दीर्घरोगी, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन।यसपालीको बढदो चिसोका कारण पर्साका निजी तथा सामुदायीक बिधालयहरु केही बन्द छन भन्ने धेरैजसो पालिकाले बिदा दिन सक्ने अवस्थामा छैनन्।
अत्याधिक चिसो तथा कठयाङगका कारण बालबालिकालाई पठनपाठनमा अप्ठयारो भईरहेको बिधार्थीहरु बताउछन।बढदो चिसोमा माछा, मासु र अण्डाको बिक्रीमा बृद्धि भएको छ।यसपालिको जाडोयाममा कहिलेकाही घाम लाग्ने र एक्कासी चिसो बढने भएकोले खानामा बढी ध्यान दिन र झोलिलो खानेकुरा खान चिकित्सकको सल्लाह रहेको छ।



प्रतिक्रिया दिनुहोस्: