राष्ट्रपति पौडेलद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

२०८१ माघ ८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

यसअघि ७ माघ सोमबार मन्त्रिपरिषद्को बैठकले माघ १८ गतेको लागि संसद् अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।संसद् अधिवेशनको आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्: