राप्रपाको जितपुर-सिमरा नगर अधिवेशन सम्पन्न,५१ सदस्यीय नगर कमिटी चयन

२०८१ माघ ६

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी जीतपुर-सिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन सिमरामा सम्पन्न भएको छ । महेश खरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा होमबहादुर रखाल, सुरज लम्साल, अनिता सिंह, सचिवमा केदारभक्त पौडेल, कोषाध्यक्षमा भेषबहादुर श्रेष्ठ चयन भएका छन् । कमिटीको पदाधिकारीमा दुई सहसचिव पछि चयन गरिनेछ ।

कमिटीको सदस्यमा बुद्धिप्रसाद पाण्डे, माधवप्रसाद त्रिपाठी, केशवबहादुर तिमिल्सिना, डिल्लीराज शर्मा, जागेश्वर गिरी, यमकुमार जर्गामगर, लक्ष्मण रानाभाट, अम्बिका श्रेष्ठ, डम्बरबहादुर केसी, पुष्पराज भण्डारी, भावनादेवी मगर, राजु सहनी, रामप्रसाद खतिवडा, पारसनाथ चौधरी, भगवानराज उप्रेती, सावित्री उप्रेती, विष्णुबहादुर बस्नेत, सिताराम भण्डारी, रामप्रसाद भट्ट, अर्जुन लामा, विकास सापकोटा, ढोडा मियाँ अन्सारी, प्रेमप्रसाद आपागाईं, पुरुषोत्तम अधिकारी, कलितादेवी दास, सूर्यकुमार श्रेष्ठ, श्रवणकुमार यादव, विश्वास कार्की, चन्द्रावती मुखिया, पार्वती खड्का, रत्नसिंह गोले, अनिसा विक, सुमिता लामा, महेन्द्र यादव, महन्त महतो, मञ्जु राम, रामभरोसी चौधरी, कन्हाई बछार, जवाहरलाल दास, लालबाबु प्रसाद यादव, सुशिला माझी र डम्बरबहादुर अधिकारीलाई नगर कमिटीको सदस्यमा चयन भएका छन् ।

अधिवेशनमा राप्रपाले उपमहानगरपालिका भित्रको विभिन्न वडामा निर्वाचित वडा कमिटीका वडाध्यक्षलाई समेत प्रमाणपत्र वितरण गरेको थियो ।

अधिवेशनमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेता मोहन यादव, संगठन विभागकी उपप्रमुख खुस्वु ओली, राप्रपाका नेता एवं संघिय सांसद् दीपक सिंह, केन्द्रीय सदस्य विनोद भारतीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । अधिवेशन नगर कमिटी अध्यक्ष माधवप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: