समाज
काठमाडौँ । ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ ।
आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ ।
यसै विच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले बेला बेलामा स-साना भूकम्पको आइरहेका भन्दै सबैलाई सतर्कता अपनाउन सुरक्षित बस्न आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्: