नेपाल-चीन सिमानाको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस

२०८१ पुस २३

काठमाडौँ । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर,बारा वीरगन्ज लगायत नेपालका मध्य तथा पूर्वी जिल्लाहरूमा समेत धक्का महसुस गरिएको राष्ट्र मार्गका संवाददाताले जनाएका छन् ।

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: