सुदूरपश्चिम र कर्णालीमा हिमपात, बाकी प्रदेशमा वर्षाको सम्भावना

२०८१ पुस १३

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।

आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: