समाज
काठमाडौँ । स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले उनीहरूलाई जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला रहेका छन् ।
रकम कहाँबाट आयो र कहाँ लगिँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: