रबि लामिछाने सँग ५ घन्टाको लामो बयान

२०८१ मंसिर २५

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय पर्साले  मंगलबार करिब ५ घण्टा बयान लिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो । सहकारी ठगी मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजको लागि सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–६, आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार उनलाई भोली मात्रै जहाजमा सिमरा-काठमाडौ हुदै पोखरा पठाईने छ।

सहकारी ठगी मुद्दामा बयानका लागि वीरगन्ज ल्याइएका पूर्व डीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सकिएर आजै सिमरा-काठमाडौें हुदै पोखरा जहाजबाट पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी डिएसपी किसोर लम्सालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्: