गढीमाई मेलाको अवसरमा आइतबार मधेश प्रदेशमा सार्वजनिक बिदा

२०८१ मंसिर २३

कलैया । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने गढीमाई मेलाका अवसरमा प्रदेश सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको ठूलो भीड छ ।

बाराको १६ वटै पालिकामा ४ दिनकोलागि विदा दिइएको छ भने स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् ।

दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: