बाराको सबै स्थानिय निकायमा ४ दिन सार्वजनिक बिदा

२०८१ मंसिर २१

कलैया । बारामा प्रत्येक पाँच वर्षको मंसिर महिनामा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको  सबै स्थानिय तहले (१६ वटै पालिकाले) ४ दिन सार्वजनिक बिदा दिएको छ  ।

गढीमाई क्षेत्रको पर्यटकीय विकास र प्रवर्द्धन गर्न जिल्लाको सबैै पालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत अत्यावस्यक वाहेक सबै संघ संस्थालाई मंसिर २१ गते देखि २४ गते सम्म सार्वजनिक बिदा दिएको छ।

मंसिर १ गते देखि सुरु भएको मेलामा स्थानीय निकायले सार्वजनीक बिदा बाहेक मेला भर्न आउने श्रद्धालुहरुलाई प्रवेश गर्ने बाटो सहज बनाएको छ ।

मंसिर २ गते जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले गढिमाई मेला व्यवस्थीत गर्न विभिन्न निर्णय गरेको थियो ।

१ हजार विगाहा क्षेत्रफलमा लागेको प्रसिद्ध गढीमाई मेलामा नेपाल भारतका लाखौ भक्तजनहरु आउने क्रम सुरु भए सँगै जिल्ला सुरक्षा समितिले करिब १५ सय प्रहरी खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्: