बारा । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई पूजा तथा मेलाको अवलोकन गरेका छन् ।
आज मंगलबार कार्यबाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथै मेलाको अवलोकन निरीक्षण समेत गरेका हुन् ।
मूल पूजा सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेसँगै सुरु भएको छ । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भएको छ ।
विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा ठूलो पहिचान बनाएको बताए । उनले गढीमाई दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले आफूले दर्शन गर्न पाउँदा निकै खुशी महशुस गरेको बताए ।
गढीमाई मन्दिर मधेशको मात्र अस्था नभएर यो पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको र गढीमाई मन्दिरले नेपालको विश्व सामु एउटै बेग्लै पहिचान बनाएको मन्त्री सिंहले बताए ।



प्रतिक्रिया दिनुहोस्: