चीन भ्रमणको अघिलो दिन प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ मंसिर १६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आइतबार अपरान्ह ५ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ ।

आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

बीआरआई सहकार्य फ्रेमवर्क’ नाम दिएर नेपालले चीनलाई कार्यान्वयन सम्झौताबारे आफ्नो प्रस्ताव तयार गरेको छ । प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् ।  चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: