काठमाडौँ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा मंगलबार प्रदर्शन गरिएको छ । आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको पनि उपस्थिति रहेको थियो ।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्: