अपहरण काण्डमा पक्राउ परेका दुईजनालाई सात दिनको म्याद थप

२०८१ मंसिर १०

वीरगञ्ज । अपहरण गरी फिरौती माग गरेको आरोपमा पक्राउ परेका दुईजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।

फिरौती रकम मागेको आरोपमा पक्राउ परेका वीरगंज १६ नगवाका सुरेश दास तत्वा र वीरगंज १६ ईनर्वाका हरीशंकर शर्मालाई पर्सा जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ ।

रौतहटका एक व्यक्तिलाई अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ परेका दास र शर्मालाई शरिर बन्धक कसुरमा पर्सा जिल्ला अदालतले सोमबार ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीले जनाएको छ ।

रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने ४१ बर्षिय शेख सा महमदलाई अपहरण गरि फिरौती रकम माँग गरेको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मा वीरगंज टाईम्स डटकमका सम्पादक र न्युज २४ का पर्सा संवाददाताको रुपमा कार्यरत छन ।

जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार अपहरण गरी २ लाख रुपैयाँ फिरौती मध्ये ५० हजार लिदै गरेको अवस्थामा दास र शर्मालाई पक्राउ गरेको थियो । प्रहरीले दास र शर्मा संगै त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको

प्रतिक्रिया दिनुहोस्: