नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले मधेशमा वडाध्यक्षमा लागि घर-घर पुगेर भोट माग्दै

२०८१ मंसिर ९

महोत्तरी । मंसिर १६ गते हुनलागेको उपनिर्वाचनको प्रसार प्रसारका क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मधेस प्रदेशमा घरदैलो गर्दै हिँडेका छन् ।

महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग घरदैलोमा हिँडेका हुन् । महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर-२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई मत दिन आग्रह गरे ।

उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस हो भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्नका निम्ति कांग्रेस उम्मेदवारलाई चुन्न महामन्त्री शर्माले  आग्रह गरेका हुन् ।

रामगोपालपुर-२ को वडाध्यक्ष पदमा राजनीतिक दलका ७ र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा छन् । यस वडामा दुई हजार एक सय ४१ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्: