जलेश्वर ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गरेका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज महोत्तरीको जलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हरेक बस्तुमा कर आतंक मचाएकाले आम जनता रुष्ट रहेको दाबी गरे ।
उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान गर्दै नेताहरुमाथि कसैको विश्वास नभएको बताए । उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।
आम जनताको शासन व्यवस्थाका लागि सडकबाटै यो सरकार र व्यवस्था फाल्न आवश्यक भएको बताउँदै उनले तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।
उनले ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको, सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने काम गरिरहेको आरोप लगाए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।
आजपा धनुषा जिल्ला अध्यक्ष अरबिन्द साहको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव, सचिव श्रीचन मुखिया, स्थायी कमिटी सदस्य राधेश्याम साह, सुनिता साह क्रान्ति लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: