समाज
वीरगञ्ज । बेश्यावृती कार्यमा सलंग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट १२ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सात जना महिला र पाँच जना पुरुषहरु रहेका छन ।
वीरगञज-१६ स्थित वीरगञ्ज भन्सार ईनर्वा वरिपरिका होटेलहरुमा अनैतिक क्रियाकलाप भईरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: