सर्वोच्चमा दुई न्यायाधीश थपिए, चार अझै रिक्त

२०८१ कार्तिक २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् ।

न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले आइतबार न्यायाधीशमा नियुक्त गरेका छन् ।

उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । अब सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशसहित १७ पुगेको छ । सर्वोच्चमा अझै चार न्यायाधीशको दरबन्दी रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्: