वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका- २ मा दुई पक्षबीच भएको झडपमा १० जना घाईते भएका छन् । जग्गाको विषयमा उमेश कुमार महतो र महन्त महतो वीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका छन् । उमेश कुमार महतो र महन्त महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
झडपका क्रममा उमेश कुमार महतो, अनिल कुश्वाहा, अमिरनारायण कुश्वाहा, राधेश्याम कुश्वाहा, सुनितादेवी लगायत घाईते भएका छन् । महन्त महतो पक्षका विश्वनाथ कुश्वाहा, विजय भन्ने अमरजित कुश्वाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले उमेश कुमार महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको उमेश पक्षको आरोप छ ।
उमेश पक्षका घाईतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको र महन्त पक्षको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: