बारामा हत्या आरोपमा ६ जना पक्राउ

२०८१ कार्तिक ११

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले महागढीमाई नगरपालिका -१ मा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

शनिबार राती अज्ञात समूहले महानगढीमाई नगरपालिका-१ बस्नाने श्रीनारायण प्रसाद यादवको धारिलो हतियारको प्रयोगले हत्या गरेको थियो । त्यस लगत्तै प्रहरीले चलाएको अनुसन्धानका क्रममा हिजो र आज गरी ६ जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार पक्राउहरू सबैजना सोही नगरपालिकाकै रहेका छ्न् । आन्तरिक विवादका कारण यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरी बताए । तर अनुसन्धान चलिरहेकोले उनीहरूको विवरण खुलाउन नमिल्ने प्रहरीले जानकारी दिएका छन् ।

शनिबार राती महागढीमाई नगरपालिकाको–१ मा यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । घाँटीमा भएको धारिलो हतियारको प्रहारले उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: