वीरगन्ज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालले सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेका हुन्।
मन्त्री प्रदीप यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्ति जनआकाङ्क्षासँग मेल नखाने बताएका छन् ।
शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ । हामी त्यस्तो छैनौ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौ । जसपा नै अबको विकल्प हो मन्त्री यादवले भने ।
नव प्रवेशीहरूलाई स्वागत गर्दै जसपाका उपमहासचिव समेत रहेका यादवले भने “जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ र यो विकल्प जसपा बनेर आएको छ ।” उनले नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित पनि गरे ।



प्रतिक्रिया दिनुहोस्: