१४ किलो अबैध चाँदीसहित २ जना पक्राउ

२०८१ कार्तिक ९

सिमरा । बाराको अमलेखगन्जमा १४ किलो अबैध चाँदी (चाँदीबाट् निर्मित गणेश लक्ष्मी प्रतिमा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको बेला चाँदीसहित पक्राउ गरिएको हो । महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख बरिष्ठ सइ त्रिभुवन साहले बताए।

 

 

प्रतिक्रिया दिनुहोस्: