अविरल वर्षासँगै आएको बाढीपहिरोले पूर्वाधारमा ११ अर्बको क्षति

२०८१ अशोज १६

* कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब,खानेपानीमा       साढे ३अर्ब,ऊर्जामा ४ अर्ब तथा सिँचाइमा १ अर्ब          क्षतिको अनुमान 

काठमाडौँ  । असोज ११ र १२(शुक्रबार र शनिबार) परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट  खानेपानी, सडक, ऊर्जा र सिँचाइका पूर्वाधारमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

बाढीपहिरोले २१ जिल्लामा भौतिक क्षति गरेको छ।निजी क्षेत्रसँग सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइनेसमेत उनले बताए । सरकारले अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ । बाढीपहिरो प्रभावित जिल्लामा सरकारले सहसचिवको नेतृत्वमा टोली परिचालन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा सार्वजनिक विवरण अनुसार खानेपानीको संरचनामा ३ अर्ब ५२ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको छ । देशैभर ३७ राजमार्ग अवरूद्ध भएकामा ९ वटाको अवरोध हटाएर सञ्चालनमा ल्याइएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । उनका अनुसार कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब क्षति भएको अनुमान गरिएको छ।

बाढीपहिराले ६ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन १ हजार १ सय ३९ मेगावाटका १८ जलविद्युत् आयोजना तथा ५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको छ ।

मुख्यसचिव अर्यालका अनुसार सरकारले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरलाई बाढीपहिरोबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।

सरकारी तथ्यांकअनुसार बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय २४ पुगेको छ, २४ जना अझै बेपत्ता छन् । १ सय ५८ जना घाइते छन् । ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । खोज तथा उद्धारमा ३० हजार ७ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । खोज तथा उद्धार कार्य दुई दिनभित्र पूरा हुने मुख्यसचिव अर्यालले जनाएका छन् । उनका अनुसार मृत्यु भएका व्यक्तिका परिवारलाई राहत वितरण प्रारम्भ भइसकेको छ ।

घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराइने, बाढीपहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी, रणनीतिक सडक, टेलिफोन एवं विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री अर्यालले बताए ।

पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिने, अवरुद्ध अन्य सडकमा कजवे, ‘डाइभर्सन’ जस्ता वैकल्पिक माध्यमबाट समेत तत्काल यातायात सेवा सञ्चालन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

निजी क्षेत्रसँग सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइनेसमेत उनले बताए । सरकारले अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ । बाढीपहिरो प्रभावित जिल्लामा सरकारले सहसचिवको नेतृत्वमा टोली परिचालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: