अबिरल बर्षासँगै आएको पहिरोले हेटौँडा – काठमाडौँ जोड्ने सबै सडक ठप्प

२०८१ अशोज १२

मकवानपुर । हेटौँडा – काठमाडौँ जोड्ने सबै सडकहरू ठप्प भएका छन् । पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका छन् ।

छोटो दुरीको मार्गको प्रवेश मार्ग भैँसे भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजमार्ग, कान्ति राजपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र पहिरोका कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति राजपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।

छोटो दुरीको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

कुलेखानी – फाखेल – काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । कुलेखानी- मातातीर्थ काठमाडौँमा पनि पहिरोले सवारी आवागमन ठप्प छ ।

वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: