देशभर घनघोर वर्षा,१०६ केन्द्रमा वर्षाले सतर्कताको तह पार

२०८१ अशोज १२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर घनघोर वर्षासँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ ।

अत्यधिक वर्षाले देशभर नै जनजीवन अस्तव्यस्त भएको छ । बस्तीहरु डुबानमा परेका छन् भने सडक र पुलमा क्षति पुगेको छ ।

सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ ।अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाहको लागि सञ्चालन गरेको फेसबुक पेज- ‘नेपाली बाढी सूचना’ उक्त जानकारी दिएको हो ।

शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: