समाज
हेटौँडा । कुलेखानी जलाशय भरिएसँगै शनिबार बिहान ५.४० बजे मा २ वटा ढोका खुला गरिएको छ ।
जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको हो,’ कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने,‘ विस्तारै, विस्तारै ड्यामको ढोका खोलेर जलाशयको सतह मिलाउँदै छौं । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो । कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।



प्रतिक्रिया दिनुहोस्: