समाज
काठमाडौं । भारी वर्षासँगै लगातारको झरीका कारण आज हवाई उडान प्रभावित भएको छ । लगातारको झरीले मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडान र अवतरण प्रभावित भएका छन् ।
सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएनन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्: