समाज
काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (शुक्रबार र शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षासँगै जोखिमको सम्भावना रहेको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका पहाडी र हिमाली जिल्लाहरुमा भोलि र पर्सि (शुक्रबार र शनिबार) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।लग
पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्राधिकरणले दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने पनि भनेको छ ।




प्रतिक्रिया दिनुहोस्: