शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने २० बुँदे सहमति

२०८१ अशोज ८

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी १२ असोज शनिबार देखि खुल्ने भएको छ ।

यातायात विभागसँगको छलफल अनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गते शनिवार देखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए छन् ।

सरकार र यातायात क्षेत्रका सरोकारवाला बिच भएको छलफलमा २० बुँदे निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकमा दुई पक्षबिच सो निर्णय भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्: