समाज
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।



प्रतिक्रिया दिनुहोस्: